बुटवल, २१ फागुन ।
रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र मतदाताको उल्लेख्य सहभागिता देखिएको जनाइएको छ ।
प्राप्त विवरणअनुसार रुपन्देही क्षेत्र नं. १ मा ९७ हजार ३७७ (६६.३२ प्रतिशत) मत खसेको छ । त्यस्तै क्षेत्र नं. २ मा ८६ हजार ५३० (६४.०७ प्रतिशत) मत खसेको अनुमान गरिएको छ । यसैगरी क्षेत्र नं. ३ मा सबैभन्दा बढी ९५ हजार १३३ (६७.८२ प्रतिशत) मत खसेको छ भने क्षेत्र नं. ४ मा ७७ हजार ३९३ (६६.६१ प्रतिशत) मत खसेको जनाइएको छ ।
क्षेत्र नं. ५ मा भने ८१ हजार ३५ (६०.२७ प्रतिशत) मत खसेको अनुमान गरिएको छ । पाँचवटै क्षेत्रको तथ्यांक अनुसार जिल्लाभरि कुल ४ लाख ३७ हजार ३४८ (६५.०३ प्रतिशत) मत खसेको अनुमान गरिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम जारी छ । सर्वदलिय बैठक बसेर मतगणनाको टुगो लगाउने छ ।





















