Spread the love

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिकास्थित धापासीमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छन् । निर्धारित समयमा मतदान केन्द्र पुगेकी कार्कीले आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी भएकी हुन् ।

मतदानपछि उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सबै मतदातालाई उत्साहका साथ मतदान गर्न आग्रह गरिन् । देशभर आज जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्