बुटवल, १९ फागुन ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा धेरै मतदाता रहेका छन । जहा कुल १७ हजार ९४३ मतदाताहरु रहेका छन् । उक्त वडामा मतदानका लागि दुई केन्द्र तोकिएका छन् ।
लुम्बिनी वाणिज्य क्याम्पसमा कायम गरिएको मतदान केन्द्रअन्तर्गत १० वटा मतदान स्थल रहेका छन्, जहाँ ९ हजार ९ सय ७० मतदाता रहेका छन् । उक्त केन्द्रमा सुरक्षाकर्मीबाहेक १० जना मतदान अधिकृतसहित ६० जना कर्मचारी खटाइएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ रुपन्देहीले जनाएको छ ।
यसैगरी, सोही वडामा रहेको अर्को मतदान केन्द्र नवीन औद्योगिक माध्यमिक विद्यालयमा ७ हजार ९ सय ७३ मतदाताका लागि ८ वटा मतदान स्थल कायम गरिएको छ । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक कर्मचारी तथा सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।





















