Spread the love

बुटवल, १५ फागुन ।
प्रतिनिधिसभा निर्वाचन नजिकिरहदा चुनावी प्रचारप्रसार तिब्र छ । यसैक्रममा रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदबार विष्णु प्रसाद पौडेलले शुक्रबार बुटवल उपमहानगरपालिका–१२ मा घरदैलो कार्यक्रम गरेका छन । उनले मतदातालाई घरघरमै पुगेर भेटघाट गर्नुका साथै आशीर्वाद लिएका थिए ।

तामनगरबाट वृहत मोटरसाईकल रयालीसहित शुरु भएको कार्यक्रम घरदैलो गर्दै ढवाहा क्षेत्रमा पुग्यो । नयाँगाउँस्थित मुक्तिनाथ धाम र दुर्गानगर क्षेत्रमा परिक्रमा गरि समापन भएको थियो ।

यसैबिच कोणसभालाई सम्बोधन गर्दै नेता पौडेलले रुपन्देही क्षेत्रमा सुरु भएका विकास निर्माणका योजनाहरूलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रुपन्देहीलाई विकासको मानक क्षेत्रका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।

पूर्वाधार विकासका विभिन्न कामलाई तीव्रता दिनेगरी आफू लाग्ने उनको भनाइ थियो । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्