Spread the love

काठमाडौं,१३ फागुन ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा अवरोध नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्द्र केही स्थानमा एक दलले अर्को दलको प्रचार कार्यक्रम अवरुद्ध गरेको भन्ने गुनासो र उजुरी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चुनावी गतिविधिको आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको उल्लेख गरिएको छ । आयोगले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै पनि दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले अन्य दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्न नहुने स्पष्ट व्यवस्था रहेको आयोगले जनाएको छ ।
आयोगले आचारसंहिता उल्लंघन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्