Spread the love

बुटवल, १२ फागुन ।
बुटवलमा ‘दोश्रो रामु वरुण स्मृति जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता –२०८२’ सम्पन्न भएको छ । बुटवलमा जुनियर तेक्वान्दो खेलाडी उत्पादनमा योगदान दिएका स्वर्गिय रामु बरुणको स्मृतिमा भएको प्रतियोगितामा ईडन इगलिस बोर्डिङ्ग स्कुल टिम च्याम्पियन भएको छ ।

ईडनले पुम्से तर्फ ६ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भयो । यसैगरि ४ स्वर्ण, ४ रजत, ३ कास्य पदक जित्दै तिलोत्तमा तेक्वान्दो डोजाङ टिम दोश्रो तथा १ स्वर्ण, १ रजत, २ कास्य पदक जित्दै बुटवल तेक्वान्दो डोजाङ टिम तृतीय हुन सफल भएको छ । त्यसैगरी क्योरुगी तर्फ गार्गी एकेडमी ३ स्वर्ण, ३ रजत, ४ कास्य पदक हात पार्दै टिम प्रथम, बुटवल तेक्वान्दो डोजाङ ३ स्वर्ण, २ रजत, २ कास्य सहित टिम दोश्रो तथा जितगढि तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र ३ कास्य जित्दै टिम तृतीय हुन सफल भएको छ ।

एक समारोहका बिच बुटवल प्याब्सनका अध्यक्ष मित्रहरि आचार्य, वडाअध्यक्ष नरेन्द्र बस्नेतले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरे । बुटवल उपमहानगरपालिका संरक्षक तथा जितगढी डोजाङका संस्थापक हाल अमेरिका निवासी तेक्वान्दो गुरु जगनलाल(विपिन) श्रेष्ठको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको संयोजक विकास उदयले बताए । प्रतियोगितामा १५ विद्यालय र डोजाङका डेढ सय बढी खेलाडीहरु प्रतिस्प्रर्धा गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्