Spread the love

बुटवल, १२ फागुन ।
अक्सफोर्ड कलेज बुटवल र नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल ब्लड बैंकको प्राविधिक सहयोगमा भएको रक्तदानमा २५ जनाले रक्तदान गरे ।

शिविरमा र्ईएनटी, रक्त समूह परीक्षण तथा दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा ६० जनाको नाककानघाटी जाच, ८० जनाको दात तथा १७० जनाले रक्तसमुह परिक्षण भएको थियो ।

आरोग्य हेल्थ केयरका नाककानघाटी रोग विशेषज्ञ डा.सुमन पौडेलले सामाजिक उत्तरदायित्व अन्तरगत गरिएका यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । आरोग्य हेल्थ केयर, भैरब आशिष डेन्टल र मेडिटेक हस्पिटलको सहयोग कार्यक्रम सम्पन्न भएको संयोजक अशेष सिलवालले बताए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका रक्तदाताहरूबाट रक्तदान तथा स्वस्थ्य परिक्षणमा सहभागी भएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्