बुटवल,११ फागुन । नेपाली काँग्रेसको तर्फबाट रुपन्देही ३ का उम्मेद्वार सुशिल गुरुङले चुनावी अभियानलाई तिव्र पारेका छन् । सुशासन र विकासलाई विशेष प्राथमिकता दिदै आफ्ना विकास योजना मतदाताको विचमा राख्ने र मत माग्ने काममा व्यस्त छन् ।
गुरुङले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा नियमित सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । लुम्बिनी क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै पर्यटनमैत्री पूर्वाधार निर्माण, सीमा नाका व्यवस्थापन तथा विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रभावकारी बनाउने योजना अघि सारेको बताएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारीका अवसर सिर्जना गर्ने उनको योजना छ । स्थानीय उत्पादनको बजारीकरण, आधुनिक कृषि बजार स्थापना, सिँचाइको व्यवस्था र किसानलाई उन्नत बीउ–मल सहज उपलब्ध गराउने बताएका छन् ।
गुरुङले यस क्षेत्रको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान, सडक स्तरोन्नति, खानेपानी विस्तार, रिङरोड निर्माण तथा सामाजिक पूर्वाधार सुदृढीकरणमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने योजना रहेको छ । उनले दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने बताए ।





















