Spread the love

बुटवल,११ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि जेनजी २.० समूहले रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार विष्णुप्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ।

यसअघि सर्लाहीमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई समर्थन गरेको समूहले सोमबार बुटवलमा आयाजित पत्रकार सम्मेलन मार्फत रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवा विष्णु प्रसाथ पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ ।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवारको पृष्ठभूमि र जनाधारका आधारमा साथ दिने बताएका छन् । रुपन्देहीमा पौडेलले भौतिक विकास तथा पूर्वाधार क्षेत्रमा गरेका कामको मूल्याङ्कन र उनीप्रति रहेको जनसमर्थनका आधारमा समर्थन गरिएको बताएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्