Spread the love

बुटवल,११ फागुन । रोटरी क्लब अफ बुटवल डाउनटाउन र यस क्षेत्रका अन्य रोटरी क्लबहरूको संयुक्त आयोजनामा दृष्टि परीक्षण शिविर सम्पन्न भएको छ ।
१२१औँ रोटरी डे को अवसरमा लक्ष्मी मावि बुटवलमा शिविर आयोजना गरेको हो । आफ्नो स्वार्थभन्दा माथि समाजको सेवा को भावनालाई आत्मसात गर्दै गरिएको यस शिविरमा विद्यालयका २०० जना विद्यार्थीहरूको आँखाको परीक्षण गरिएको क्लबले जनाएको छ ।
शिविरमा सहभागी भई आफ्नै आँखाको परीक्षण गराउन पाउँदा बिधार्थीहरु खुसि भएको बिधालयले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्