Spread the love

बुटवल,९ फागुन । उत्तम महिला सहकारी संस्था लि. सियारी,रुपन्देहीले आफ्नो सञ्चालक समिति र उपसमितिका सदस्यहरुका लागि प्रस्तावना लेखन,माईन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि तालिम शनिवार अमुवामा सम्पन्न गरेको छ ।

तालिममा प्रस्तावना लेखनका बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक सेसन सहजकर्ता अनन्त सिलवाल ,बैठक सञ्चालन, माइन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा संस्थाकी अध्यक्ष सुदीक्षा खरेलले तालिममा सिकेका कुराहरु आफ्नो सहकारीमा पूर्णरूपले कार्यान्वन गरिने प्रतिवद्वता जनाईन् । कार्यक्रममा पूर्णिमा खरेल,पूजा पाण्डेय विष्णु क्षेत्री र शिक्षा उपसमितिकी संयोजक बिन्दू महतले तालिम प्रभावकारी भएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्