बुटवल, ८ फागुन ।
चिडियाखोला सहस्रपथस्थित लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव विभिन्न सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सबित्रा अर्यालले उद्घाटन गर्दै शिक्षाको हबका रुपमा बुटवल चिनाउन नीजि क्षेत्रबाट भएको योगदानको प्रशंसा गरिन । समयसापेक्ष प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै बालबालिकाहरुलाई किताबी ज्ञानसंगै खेलकुद गतिविधिमा सक्रियता बताउन आग्रह गरिन ।
कार्यक्रममा रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, विद्यालयका प्राचार्य तथा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्याल, मणिमुकुन्द कलेजका सञ्चालक एवं सहप्राचार्य दिवाकर खनाल, विहानी संयोजक पशुपति चौधरी, बीबीएस संयोजक दिनेश पाण्डे, उपाध्यक्ष उमापति न्यौपाने, विद्यालय संयोजक हरि पौडेल तथा व्यवस्थापन समितिका सल्लाहकार डा. सालिकराम पौडेललले विद्यालयस्थापनाकाल र हालको शैक्षिक अवस्थाबारे चर्चा गरे ।
वार्षिकोत्सवका अवसरमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, तेक्वान्डोलगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयबाहिर राष्ट्रिय, जिल्ला तथा नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरी विद्यालयको गरिमा बढाउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
शैक्षिक वर्ष २०८१ मा एसईई परीक्षामा सहभागी भई सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको विद्यालयका सहप्राचार्य तथा व्यवस्थापन समितिका उपाध्यक्ष कौशलराज बस्यालले बताए । नर्सरीदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । एसईई २०८१ मा सतप्रतिशत नतिजा ल्याउन योगदान पु¥याउने माध्यमिक शिक्षकहरू तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गराउन सहयोग गर्ने शिक्षक र प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको शिक्षक सुदिप बस्यालले बताए ।






















