बुटवल, ५ फागुन । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा रुपन्देहीमा औषधि व्यवस्था विभाग को ७ दिने टुर मुकाम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रुपन्देहीसहित छिमेकी जिल्लाका औषधि व्यवसायीहरू सहभागी रहेका थिए। टुर अवधिमा २२५ वटा औषधि पसल दर्ता नवीकरण, ३६ वटा व्यावसायिक कार्ड नवीकरण गरिएको जनाइएको छ ।
विभागको टोलीलाई जिल्ला शाखा रुपन्देहीले औपचारिक रूपमा सम्मान तथा बिदाइ गरिएको छ । कार्यक्रममा जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेत, पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष शिव ज्ञवाली, रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकार, सल्लाहकारहरू, लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।





















