बुटवल, ५ फागुन । भैरहवाको लुम्बिनी गेट नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बोराभित्र राखिएको उक्त वस्तुको बाहिरी भागमा ‘नेपाल बन्द सफल पारौं’ लेखिएको कागज टाँसिएको थियो।
डिस्पोजको क्रममा शंकास्पद वस्तुमा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राहेको प्रहरीले जनाएको छ । नेकपा (बहुमत) ले फागुन २१ गते हुने निर्वाचन बहिष्कारको आह्वान गदै मङ्गबार नेपाल बन्द घोषणा गरेको थियो ।





















