बुटवल,१ फागुन । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १, ठूलीउदाङमा बालबालिकाका लागि मनोविमर्श तथा परामर्श तालिम शुक्रबार सम्पन्न भएको छ ।
बालबालिकाको मानसिक स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले आयोजित तालिममा शैक्षिक अभियन्ता दलबहादुर गुरुङ ले बालबालिकाको अर्थ, मनोविमर्शको परिचय, यसको क्षेत्र, आवश्यकता र प्रकारका साथै विद्यालयमा मनोविमर्शको खाँचोबारे सहजीकरण गरेका थिए।
बालमैत्री कार्यक्रम वडा नं. १ का सहजकर्ता वसन्त चिदी ले बालमैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता तथा गाउँपालिकाले निकट भविष्यमा घोषणा गर्न लागेको बालमैत्री स्थानीय शासन कार्यक्रमबारे स्पष्ट पारे।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य यमबहादुर घर्ति,सद्ध आधारभूत विद्यालय का प्रधानाध्यापक धनबहादुर सोमरे ,सरस्वती आधारभूत विद्यालय का शिक्षक कुमार भण्डारीलले विद्यालयमा विभिन्न प्रकारका समस्या देखिन थालेकाले विद्यालयमै मनोविमर्श केन्द्र स्थापना तथा शिक्षकलाई मनोविमर्श तालिम आवश्यक रहेको धारणा राखे ।
उनिहरुले बालबालिकाका लागि मनोविमर्श अत्यावश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
तालिममा प्रगतिशील बालक्लबका अध्यक्ष अशोक घर्ति, स्मृति घर्ती, स्नेहा घर्ति, रोजित केसीलगायत सहभागीहरूले तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको बताए ।





















