Spread the love

बुटवल, २६ माघ ।

बुटवलको मिलनचोकमा छ, हिमालय बुक हाउस बुटवल । यो पुस्तकको भण्डारको रुपमा चिनिन्छ । विभिन्न विधागत पुस्तकहरु यहा उपलब्ध हुन्छ । रुपन्देही आसपासका युवाहरु यहा पुस्तक पढ्छन । मन परेका पुस्तक किन्छन । बजारमा निस्केका नया पुस्तकहरुको बारेमा छलफल गर्छन । कुनै बेला पुस्तकालयमा हुने युवाहरुको जमघट यहा भेट्न र अनुभव गर्न सक्छौ । प्रविधिको विकाससंगै नया पिढीमा अध्ययन गर्ने बानी घट्दो छ । यस्तोमा युवाहरुमा पुस्तक पढ्ने बानी बसाउने यो थलो बनेको छ । यसले पठन संस्कृति विकासमा महत्वपूर्ण योगदान दिएको छ । यहा दैनिक रुपमा चिकित्सक, लेखक, पत्रकार, राजनीतिज्ञको जमघट हुन्छ । एकआपसमा कुरा गर्छन । देशको अवस्थाबारे तर्क गर्छन ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्रका उम्मेदवारहरू प्रत्यक्ष संवादमा जुटेका छन् । यसैक्रममा बुटवलको लोकप्रिय युवा ह्याङआउट ‘हिबुहाबु’ मा आयोजित अन्तरक्रिया कार्यक्रममा हरेक उम्मेदबारहरु राजनीति सुधारसंगै आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनको समय नजिकिरहदा उम्मेदबारहरु आफनो एजेण्डा सुनाउने थलो ‘हिबुहाबु’ बनाएका छन ।

केही दिन अघि रुपन्देही क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार सुलभ खरेल, स्वतन्त्रका डा. निकोलस भुषाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीका नारायण नागिला, उज्यालो नेपाल पार्टीका ई.सुरज पाण्डे, नेकपा एमालेका विष्णु प्रसाद पौडेल र नेपाली काग्रेस पार्टीका चुन्न प्रसाद पौडेल समेत हिबुहाबुमा पुगेर अन्तरक्रियामा सहभागी भए । उम्मेदबारले आफनो परिचय, प्रतिवद्धता, योजनामात्र होईन देशको वर्तमान अवस्था, ठुला राजनीति दलको भुमिकाबारे पनि सुन्नाउने काम गरे । सहभागीहरुले उम्मेदबारसंग केही प्रश्नहरु पनि राखे ।

हिबुहाबुका संचालक माधव गौतम, वरिष्ठ मनोचिकित्सक डा मनोज ढुगाना, अध्यता कृष्ण पाण्डे लगायत सहभागीहरुले उम्मेदबारको एजेण्डा सुन्ने र सुझाव दिए । ठूला दलका नेताहरु जनतासंग गरेको प्रतिवद्धता पूरा गर्नेभन्दा पनि आफनो स्वार्थमा केन्द्रित हुदा देश गलत बाटोमा धकेलिएको भन्दै स्थिर राजनीतिसहित जनताको हितमा नीति बनाउन उम्मेदबारहरुलाई उनिहरुले सुझाव दिए । स्थानीयस्तरमै हुने संवाद र बहसले राजनीति सुधारको आशा जगाएको सहभागीहरूको निष्कर्ष छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्