Spread the love

बुटवल,२५ माघ । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि रुपन्देही जिल्ला क्रिकेट टिमले जितेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा रुपन्देहीले बाँके जिल्ला क्रिकेट टिमलाई १९९ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि रुपन्देही जिल्ला क्रिकेट टिमले हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले बाँकेलाई १९९ रनले पराजित गर्दै छनोट चरणको च्याम्पियन बनेको हो ।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेटको क्षतिमा २६३ रनको विशाल स्कोर खडा ग¥यो । टोलीका लागि देव खनालले उत्कृष्ट ब्याटिङ गर्दै १३७ रनको शतकीय इनिङ खेले । त्यस्तै प्रज्ज्वल थापाले ७४ रनको महत्वपूर्ण योगदान दिए भने आकाश त्रिपाठीले १४ र सन्दीप राजलीले १० रन जोडे ।
बाँकेका बलर लभकुश यादव, अजय शाहनी र गौतम कनौजियाले समान १–१ विकेट लिए ।
२६४ रनको लक्ष्य पछ्याएको बाँके टोली १६ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमै सीमित भयो । रुपन्देहीका बलर सन्देश थापाले ४ विकेट लिँदै बाँकेको ब्याटिङ धराशायी बनाए। अजयकुमार चौहानले ३, रमेश कुर्मीले २ र कृष्ण कार्कीले १ विकेट लिए।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका रुपन्देहीका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गरेका खनाल ‘म्यान अफ द सिरिज’ समेत बनेर ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरे।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टोली सहभागी थिए । यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता चैत महिनामा आयोजना गर्ने तयारी क्यानले गरिरहेको जनाइएको छ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, क्यानका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, खेल संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्