Spread the love

बुटवल, २४ माघ ।

सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तरगतको सिद्धार्थ कटेज बुटवलमा ३ दिने मःमः महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाईन डे’ को अवसरमा कटेजले नेपालीहरुको खाजा मः मः लाई प्रवद्र्धन गर्ने उदेश्यका साथ महोत्सव गर्ने भएको हो । माघ २९, फागुन १ र २ गते ३ दिन चल्ने महोत्सवको तयारी पुरा भएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि ग्रुपका बिओडी महेन्द्र न्यौपानेले बताए । नेपालमा हस्पिटालिटी क्षेत्रमा अग्रस्थानमा रहेको ग्रुप सेवाग्राहीको सन्तुष्टिमा ध्यान दिदै आएको उनले बताए ।

कार्यक्रममा सिद्घार्थ हस्पिटालिटिका कुलिनरी डाईरेक्टर एलबी कौशलले महोत्सवमा आम नेपालीको खाजा मःमः का दुई सय परिकारमात्र नभई रैथाने खानाहरु समेत उपलब्ध हुने बताए । प्राकृतिक अर्गानिक खाद्य बस्तुहरुलाई उपयोग गरि मःमः बनाइने उनले बताए । जहा १५ रुपैयादेखी ५ सय रुपैयासम्मका परिकारका मः मः पाईने छ । सबैभन्दा महगो कुकर मःमः ५०० रुपैया पर्नेछ । जुन कुकरमा सिटि लगाएर तयार भएको मः मः उपभोक्ताको टेबलमा पस्किने छ । प्रत्येक दिन १ हजार जनालाई स्वाद चखाउने लक्ष्य रहेको उनले बताए ।

यसैगरि महोत्सवमा नै गृहिणीलाई लक्षित गरि कुकिङ कम्पिटिसन आयोजना गरिने अपरेसन म्यानेजर पदम न्यौपाने बताए । जहा सहभागी गृहणीहरुलाई घरमा फुट सेफटी, हाईजिङको कक्षाहरुमा सिकाईने र सुरक्षाको विषयमा समेत जानकारी दिईने उनले बताए । यसअघि सिद्धार्थका अन्य शाखामा महोत्सव आयोजना भैसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्