Spread the love

बुटवल, २४ माघ ।
रुपन्देहीमा सम्पन्न प्रथम लुम्बिनी वल्र्ड स्कुल जिल्ला स्तरिय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक लुम्बिनी वल्र्ड स्कुलले चुमेको छ । लुम्बिनी वल्र्ड स्कुलमा शनिबार भएको प्रतियोगितामा ६ स्वर्ण, १० रजत र १४ कास्य पदक जित्दै कुल ८६ अंक सहित लुम्बिनी वल्र्ड स्कुल प्रथम भएको हो ।

यसैगरि प्रतियोगितामा ८ स्वर्ण, ४ रजत, २ कास्यसहित ७० अंकका साथ लुम्बिनी बोर्डिङ स्कुल द्धितिय भयो । २ स्वर्ण, ३ रजत, २ कास्यसहित कुल २५ अंक सहित काशी नोबेल एकेडेमी तेस्रो स्थान हासिल गरेको छ । बाल नेत्र स्कुल अनुशासित टिमबाट पुरस्कृत भयो ।
एक समारोहका बिच पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल तेक्वान्दो संघका सदस्य कोशिस बहादुर खडका, रूपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रिती, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, विद्यालयका प्रधानाध्यापक बिष्णु ढकाल, एकेडेमिक डाईरेक्टर डा. मीन प्रसाद खनाल, खेल संयोजक राजकुमार पाण्डेले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा रुपन्देहीका १६ बिद्यालयका १६५ जना खेलाडीहरु विभिन्न विधामा प्रतिस्प्रर्धा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्