Spread the love

बुटवल, १७ माघ ।
रुपन्देहीको देवदहमा जारी यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा अन्तिम चारको टुगो लागेको छ ।  स्टार क्रिकेट एकेडेमीको आयोजनामा शनिबार भएको लिग चरणको अन्तिम खेलमा न्यू होराईजन स्र्पोटस क्लबलाई ४२ रनले पराजित गर्दै तिलोत्तमा क्रिकेट क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।

तिलोत्तमासंगै देवदह क्रिकेट क्लब, वेष्ट्रन क्रिकेट एकेडेमी र आयोजक स्टार क्रिकेट एकेडेमी अन्तिम चारमा स्थान बनाएका हुन । आईतबार पहिलो सेमीफाईनल खेल देवदह क्रिकेट क्लब र वेष्ट्रन क्रिकेट एकेडेमीका बिच तथा सोमबार दोस्रो सेमीफाईनल खेल स्टार क्रिकेट एकेडेमी र तिलोत्तमा क्रिकेट क्लबका बिचमा हुने आयोजक स्टार क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचनले बताए ।

देवदह खेलमैदानमा भएको प्रतियोगितामा टस जितेर तिलोत्तमाले ब्याटिङ्ग रोज्दै ३६.४ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो । उसका लागि सन्दिप यादवले आफनो अर्धसतक पुरा गरे । उनले ७७ बलमा ५१ रन तथा आशुतोष पाण्डेले २९ बलमा ३० रन बनाए । न्यू होराईजनका प्रिन्स पालले ३ तथा अमृत अर्याल, रिजन बुढाथोकी र आरिफ खानले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको न्यू होराईजन भने १९.२ ओभरमा केवल ८७ रनमा समेटियो । न्यू होराईजनका संगम पाण्डेले २८ बलमा ३१ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन बनाउन सकेनन । कम स्कोरमा रोक्न तिलोत्तमाका सागर भण्डारीले शानदार ७ तथा आशुतोष पाण्डेले २ बिकेट लिए ।
खेलमा तिलोत्तमाका सागर भण्डारी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही र नवलपरासीसहित विभिन्न जिल्लाका गरि ६ वटा टिममा ९० जना खेलाडीहरु सहभागी भएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्