Spread the love

बुटवल, १३ माघ ।

गुल्मी क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले गगन थापाको नेतृत्वमा बन्ने कांग्रेस सरकारबाट देशमा सुशासन कायम हुने दाबी गरेका छन । नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिद्वारा आयोजित उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले जनताको चाहना अनुसार अब कांग्रेसकै सरकार बन्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो देश हामीले नै बनाउँछौँ,’ भण्डारीले भने । देशमा भएका लामो राजनीतिक परिवर्तन र त्यसमा नेपाली कांग्रेसको योगदान उल्लेख गर्दै उनले धेरै निर्वाचन भए पनि त्यसले अपेक्षित निकास दिन नसकेको बताए । ‘हिंसाको अन्त्य गर्यौँ, संविधानमार्फत शान्तिको स्थापना ग¥यौँ । तर संरचना ठूलो हुँदा समस्या देखिएका छन्,’ उनले भने । हरेक विकासको काम अघि बढेपनि पुरा हुन नसकेको उनले दुखेसो गरे । सत्ताको कसीमा आफुहरु नगएको दाबी गर्दै यसकारण पनि सफल रहेको बताए । अहिले देशमा ३ थरि बादर आतंक भएको उनले दाबी गरे । एउटा साच्चै बादर, वास्तविक किसानको अनुदान खाने काठमाण्डौ बस्ने र अर्को किसानले उत्पादन भित्राउदा दुख दिदै आएका बादर भएको उनले तर्क दिए । ‘गगनको नेतृत्वमा बन्ने काग्रेसको सरकारले यसको नियन्त्रण गर्ने छ ।’– उनले भने ।

अब कमिशन खान नपाउने, अबको सरकार सुशासन र पारदर्शी हुनेछ । तब नेपालको विकास हुनेछ । ठेक्कापट्टामा पैसा खाने, राम्रा मान्छेको नियुक्तीमा कमिशन खाने दासहरुको अन्त्य हुने उनले दाबी समेत गरे । प्रविधिको महत्वबारे प्रकाश पार्दै निर्वाचनमा विजय बन्न यसको सदुपयोग गर्न समेत आग्रह गरे । अर्कोतर्फ महिला परिचालन र युवा पुस्ताको परिचालन जरुरी रहेको भन्दै उनले जेन्जी भनेको बिचार, जोस, जागर भएको बताए । ‘हामी रुपान्तरका जेन्जी हौ ।’– उनले भने ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदबार चुन्न प्रसाद पौडेलले आफु गुल्मीमा जन्मेको, हुर्केको र शिक्षण पेशा हुदै ब्यवसायमा लागेको बताए । गुल्मीबासीलाई चिनाउने गरि तिलोत्तमामा बनाईएको पर्यटकिय स्थलमा समेत सहयोग गरेको उनले बताए । ‘समाजका हरेक विकासमा आफु साथ दिदै आएको छु ।’–उनले भने । अबको प्रधानमन्त्री गगन थापा बनाउनुपर्छ भन्ने माग सकारात्मक भएको भन्दै यसका लागि सबै काग्रेसका उम्मेदबारलाई जिताउन जरुरी रहेको उनको तर्क छ । हरेक अभिभावकहरुले आफना छोराछोरीहरुलाई सम्झाउनुपर्ने र उनिहरुको मागलाई बुझन जरुरी रहेको उनको तर्क छ ।
कार्यक्रममा गुल्मी क्षेत्र नं .२ का उम्मेदबार भुवन श्रेष्ठले देशलाई सहि दिशा दिने काममा राजनीतिक दलको भुमिका बारे प्रकाश पार्दै विगतका गल्ती र कमजोरी सच्चाउने गरि दल अघि बढ्ने बताए ।

नेपाली काग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिद्धारा आयोजित उम्मेदबारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोपाल ज्ञवालीले राष्ट्रिय सभाको सदस्यमा चन्द्र केसीलाई विजय बनाएर काग्रेसको विजय शुरुवात भैसकेको दाबी गर्दै गुल्मीमा गढ कायम गर्ने गरि लाग्ने समेत बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्