Spread the love

काठमाडौँ , १० माघ नेपाली फिल्म ‘रोल नं. १’ आगामी २०८३ सालको जेठ १५ गते देशभरका हलमा रिलिज हुने भएको छ । निर्माण पक्षले सरस्वती पूजाको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।फिल्ममा बालबालिकाको सोच, व्यवहार र उनीहरूको मनोवैज्ञानिक संसारलाई केन्द्रमा राखिएको छ । निर्माण टोलीले फिल्मका मुख्य बाल कलाकार अध्ययन गर्ने विद्यालय पाथिक ज्ञान निकेतन परिसरबाट औपचारिक रूपमा रिलिज मिति घोषणा गरेको जनाएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माणाधीन यो फिल्मको छायांकन म्याग्दी जिल्लाका विभिन्न स्थानमा गरिएको छ । ‘आँखा’ फिल्मबाट चर्चामा आएका निर्देशक जोन योञ्जनले यस फिल्मको निर्देशन गरेका हुन् भने कथा तथा पटकथा महेश दवाडीले लेखेका छन् ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा देखिनेछन् । बाल कलाकारतर्फ निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।

फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने संगीत प्रशान्त शिवाकोटीको रहेको छ । सम्पादनको जिम्मेवारी मदन घिमिरेले सम्हालेका छन् ।
निर्माण पक्षका अनुसार ‘रोल नं. १’ ले दर्शकलाई बालबालिकाको भावनात्मक संसार बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्