Spread the love

बुटवल, ५ माघ।
रुपन्देही लनटेनिस संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट बिष्णु प्रसाद चापागाईको अध्यक्षतामा ९ सदस्यीय नँया नेतृत्व सर्वसम्मत चयन भएको छ । बुटवलमा सोमबार भएको अधिवेसनबाट उपाध्यक्ष राम बहादुर बिक, सचिव मनोज नेपाल, कोषाध्यक्ष डा प्रकाश बस्नेत तथा सदस्यहरुमा सोम राना, बालकृष्ण अर्याल, विश्वास श्रीस, डा टिका घिमिरे, सुरज पौडेल सर्वसम्मत चयन भएका हुन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चापागाईले सबैको साथ र सहयोगमा टेनिस खेल विकासमा लाग्ने प्रतिवद्घता जनाए।

यसैगरि अध्यक्ष चापागाईले उपाध्यक्ष पदमा अनिल सेन्चुरीलाई मनोनित गरेका छन।औपचारिक कार्यक्रमको उद्घाटन गर्दै नेपाल टेनिस संघका केन्द्रिय सदस्य तथा निर्वाचन प्रतिनिधि अशोक गुरुङले टेनिस खेलमा लागेर धेरै उपलब्धिहरु हासिल गरेको बताए। रुपन्देहीमा रहेको सानो टिमबाट टेनिस खेलको विकासमा भएको स्मरण गर्दै एकआपसमा भावनात्मक सम्बन्ध जरुरी रहने उनले बताए। काठमाडौंबाहिर राष्ट्रियस्तरको सातौ प्रतियोगिता गरेर ईतिहास बनाएको उनले बताए।

ग्रासरुट खेल विकास नभई खेलाडी उत्पादन नहुने तर्क दिदै यसको निरन्तरता जरुरी रहने उनले बताए। कार्यक्रममा संघका उपाध्यक्ष डा मनोज ढुगानाले स्वस्थ्यका लागि खेलकुदको महत्वबारे प्रकाश पारे ।कार्यक्रममा संघका अध्यक्ष गोपाल ज्ञवालीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिष्णुप्रसाद चापागाईले संघको आर्थिक प्रतिवेसन प्रस्तुत गरे। कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष तथा निर्वाचन संयोजक सुमन अधिकारीले खेल भावनालाई जोड्न सुझाव दिए। प्राविधिक र खर्चका हिसाबमा महङो खेल भएको भन्दै काठमाडौं बाहिर पोखरा र बुटवलमा यो खेल विकास भएको उनले बताए। यँहा हुने खेल अभ्यास र प्रतियोगिताको निरन्तरता जरुरी रहेको भन्दै यसका लागी सबै मिलेर जान आग्रह गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्