Spread the love

बुटवल, २ माघ ।
आधुनिक प्रविधिसहित कृषिउत्पादनमा सक्रिय भारतको कोकोबोट कम्पनी र नेपालको सेवा एग्रोबीच सहकार्य सम्झौता भएको छ । शुक्रबार कोकोबोटका सञ्चालक अमरनाथ गोबिन्दराज र सेवा एग्रोका सञ्चालक नबिन शर्माबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बुटवल–१२, नयाँगाउँमा अवस्थित सेवा एग्रोले अब भारतीय कम्पनी कोकोबोटसँग सहकार्य गरी कोकोपीट तथा नरिवलमा आधारित विभिन्न कृषि उत्पादनहरू सञ्चालन गर्नेछ । सेवा एग्रोका सञ्चालक नबिन शर्माले आधुनिक कृषि प्रविधि र अनुसन्धानमार्फत कृषि उद्योगलाई रुपान्तरण गर्ने लक्ष्यका साथ यो सहकार्य गरिएको बताए ।

यस सहकार्यले स्थानीय स्रोत–साधनको उपयोग बढाउँदै व्यावसायिक कृषि प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्