बुटवल, २७ पुस ।
३०४ औ पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा बुटवलमा चियापान, शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल नगर समितिको आयोजनामा बुटवलको न्यू होराईजन चोकमा राखिएको पृथ्वीनारायण शाहको पूर्णकदको मूर्तिमा राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले दिउसो माल्यापर्ण गरि औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले पृथ्वी नारायण शाहको योगदान र एकता दिवसको महत्वबारे प्रकाश पार्दै देशमा स्थिर राजनीति आवश्यक रहेको बताए । देश रहेमात्र नेपाली रहने उनको तर्क थियो ।
कार्यक्रममा नगरअध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने पृथ्वी नारायण शाहलाई भुल्न नहुने भन्दै उनको स्मृतिमा कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सहमहामन्त्री हरिकृष्ण अधिकारी, सचिव नरेन्द्र थापा, सहसचिव रामप्रसाद श्रेष्ठ, कोषाध्यक्ष रोनिस श्रेष्ठले शुभकामना दिए ।





















