Spread the love

बुटवल, २७ पुस ।
नेवारी कला र संस्कृतिको संरक्षण र प्रचारप्रसारमा योगदान दिएका ब्यक्तिहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेवा संस्कृति संरक्षण समाज बुटवल–११ को आयोजनामा बुटवलमा भएको कार्यक्रममा लाखेनाचका कलाकार तथा सहयोगदाताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले नेवारी समुदायको पहिचान र मौलिक संस्कृतिमा लाखे नाचको महत्वबारे प्रकाश पार्दै यसको संरक्षणमा यहा नेवारी संघसंस्थाहरुको योगदानबारे चर्चा गरे । विभिन्न जातीका सांस्कृतिक गतिविधिहरूबाट समाजलाई एकताबद्ध र धार्मिक सहिष्णुता कायम गर्न आजको आवश्यकता भएको उनले बताए । नयाँ पुस्तालाई आफनो संस्कृतिबारे पहिचान दिन र रुचि जगाउन समेत जरुरी रहेको उनको दाबी छ ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठले छरिएको रहेका नेवारहरुलाई एकतावद्ध गरि संस्कृति संरक्षण गर्ने गरि संस्था स्थापना गरेको बताए ।

कार्यक्रममा नेवा सेवा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ, समाजका सदस्य श्रीमाया श्रेष्ठले संस्कृतिमा धनि नेवार समुदाय सामुहिक भाव र आपसी भाईचारा बढाउने गरि संस्कृति, परम्परालाई अघि बढाएको बताए । कार्यक्रममा लाखे नाचका ९ जना नृत्यकार तथा ३५ जना सहयोगदाताहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको संस्थाका सचिव विष्णु माया श्रेष्ठले बताईन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्