बुटवल, २४ पुस ।
लखन ब्रदर्श युथ क्लबको तेस्रो वार्षिक उत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । क्लबको सचिवालयमा एक समारोहका बिच अग्रज समाजसेवी पूर्ण बहादुर गुरुङले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पार्दै नया रक्तदाता बढाउने गरि क्लबहरुबाट सचेतना कार्यक्रम चलाउनुपर्ने सुझाव दिए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७५ युनिट रगत संकलन भएको क्लबका सहसचिव संयोजक ज्योति थापाले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष सुदिप खत्रीले समुदाय केन्द्रित सामाजिक गतिविधिका साथै खेल विकासमा क्लबबाट निरन्तर कार्यहरु गर्दै आएको बताए । पछिल्लो वर्ष नगरलाई सौन्दर्यीकरण र हरियालीको अभियानमा आफुहरु श्रमदानमार्फत योगदान दिएको उनले बताए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष धन बहादुर थापा, सचिव निरान्जन पन्त लगायतले समुदायसंग सहकार्य गर्दै सरसफाई र सौन्दयीकरणका काममा सफलता मिलेको बताए ।





















