Spread the love

बुटवल,२३ पुस ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगलाई नेको इन्स्योरेन्सले बिमा वापतको दावी भुक्तानी गरेको छ । बिमा कम्पनीले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका चार वटा गाडी र ८ वटा मोटरसाइकल तथा स्कुटी सवारीसाधनको बीमा दाबी भुक्तानी गरिएको हो ।
बुधबार लुम्बिनी प्रदेश लोक सेवा आगोगको कार्यालयमा आयोजित विमा दावी भुक्तानी कार्यक्रममा क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । विमा दावी कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा नेपाल बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत रमेश थापाले नेको इन्स्योरेन्सले विमा पोलिसी अनुसार छिटो छरितो दावि भुक्तानी गर्दै आएको दावी गरे ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्