Spread the love

बुटवल, २२ पुस ।

लामो समय देखि कलेजोको समस्याबाट ग्रसित ४९ बर्षिय बालकुमारी मियाँलाई आर्थिक सहयोग गरेको छ । दैलेख जिल्ला भैरवी गाउँपालिका वार्ड न. ३ निवासी मियाँ हाल काठमान्डुस्थित बिर अस्पतालमा उपचारार्थ भर्ना भएकी छिन । ‘जहाँ दुख्छ, त्यहाँ पुग्छ ।’ भन्ने नारासहित स्थापित स्टार्सका पदाधिकारी तथा सदस्यहरुबाट थोरै थोरै सहयोग जुटाएर उनलाई नगद १५ हजार रुपैया हस्तान्तरण गरेको हो ।

उनका १२ बर्षिय छोरा अकबर मियाँले विभिन्न सामाजिक संजालमा आमाको उपचार र खाना खर्च जुटाउन कठिन भएको सुचना राखेपछि आफुहरुले सहयोग गरेको स्टार्सका पूर्वअध्यक्ष आशिष कृष्ण श्रेष्ठले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्