पाल्पा, पुस १५ पूर्वखोला गाउँपालिका वडां नं. २ जल्पा ढोलीमारामा लगाइएको सामुहिक किवी खेतीबाट यस वर्ष भएको आम्दानी कृषकहरुलाई वितरण गरिएको छ । ६० जना कृषकहरुलाई तीन लाख २७ हजार आठ सय रुपैयाँ वितरण गरिएको हो ।२५ रोपनी जग्गामा लगाएका आठ सय किवी बोटबाट गत वर्षदेखि उत्पादन लिन शुरु गरेको जल्पादेवी कृषक समुहक अध्यक्ष भीमबहादुर सारुले बताए।
गत साल ७ क्विन्टल उत्पादन भएको मा यस वर्ष १० क्वीन्टल बढि उत्पादन भएको छ । गत वर्ष प्रतिकिलो चार सयमा बिक्री गरिएको किवी यस वर्ष भने प्रतिकिलो तीन सयमा बिक्री भएको । जग्गा भाडा,मल खरिदको लगानी कटाएर काममा उपस्थितिको आधारमा एकजना कृषकले बढिमा १० हजार, कम्तिमा तीन हजार आम्दानी गरेको समुहका अध्यक्ष सारुले भनाई छ । आम्दानी बाट घरखर्च चल्न सहयोग पुगेको समुहका कृषकले बताएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















