काठमाडौ,२६ असोज ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी संगठनको मर्यादा कायम राख्दै निष्पक्ष, इमानदार र निर्भीक भएर कर्तव्य निर्वाह गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गरेका हुन् ।
उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन मुख्य आधार भएको बताए । करिब १६ महिनाको तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उनले पेशागत मर्यादा र नैतिकताको पालना गर्नसमेत जोड दिए ।प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।






















