काठमाडौँ, १२ असोज ।
हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपरिमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्य आज पनि जारी रहेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ ।
एसोसिएसनका अनुसार आज फेला परेका दुई शव मध्य वीरेंद्र गुरुङ र घनश्याम राईको शव रहेको छ । आइतबार खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव निकालिएको थियो । मौसम र अवस्था अनुकूल रहे टोलीले थप ३ देखि ४ घण्टा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।



















