Spread the love

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवल हस्पिटल प्रा.लि.ले ७ लाख ७७ हजार ७७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बुटवल हस्पिटल परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल, अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन । भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष पौडेलले बताए । अस्पतालले यसअघि पनि प्रभावित क्षेत्रमा जाने अभियन्ता तथा सहयोगी समूहहरूमार्फत औषधिजन्य सामग्री पठाइसकेको छ ।

बुटवलमा विगत २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको बुटवल हस्पिटलले विपद्को समयमा प्रभावित नागरिकसँगै रहेको जनाएको छ । अस्पतालले विपन्न तथा असहाय बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ । बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको अस्पतालले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि र पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विपद्को यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी अन्य सहयोग गर्नसमेत आफू तयार र प्रतिबद्ध रहेको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्