Spread the love

बुटवल, २७ भदौ ।

सडकमा परेका खाल्डाखुल्डी र सडक बिस्तारका क्रममा बिचमै छाडिएका रुखका ठुटाका कारण दुर्घटना बढ्न थालेपछि चरङेका स्थानिय युवाहरुले सडक मर्मत तथा व्यस्थापन थालेका छन् । बुटवलबाट छोटो दुरीमा रहेको चरङे धेरै आन्तरिक पर्यटकको रोजाईमा पर्ने क्षेत्र हो । प्रकृति सौन्दर्य र मिठो खानपिनका कारण चिनिदै आएको चरङे क्षेत्र प्रवेश गर्ने मुख्य द्धार नजिकको सडकमा, दैनिकजसो दुर्घटना बढ्न थालेपछि युवाहरुले सडक सुधारका लागि अग्रसरता देखाएका हुन ।

विशेषगरी दुईवटा पुल आसपास दुर्घटनाको जोखिम बढेपछि समाजसेवी मनकुमार कनौजियाको अगुवाईमा चरङे युवा क्लबका पदाधिकारीहरु सडक मर्मत गरि जोखिम न्यूनीकरणको कामलाई अघि बढाएका हुन । मुलबाटो तिब्र गतिमा सवारी गुड्ने बनेको भएपनि केही स्थानमा खाल्डाखुल्डीकै कारण दुर्घटना हुने अवस्था सृजना भएको समाजसेवी मनकुमार कनौजियाले बताए । धेरै दुर्घटना भएको क्षेत्र पहिचान गरि दुई पुललाई वन वे का रुपमा साकेतिक चिन्ह राख्ने उनले बताए । स्थानियका अनुसार करिब एक महिना अघि बुटवलबाट चरङे घुम्न गएका एक युवा पुलनजिकै दुर्घटनामा परी घाईते भएका थिए । दुर्घटनामा उनको हात भाँचिएको थियो ।

यसअघि कोभिड संक्रमणको समयमा समेत चरङेका अशोक पल्ली सडक दुर्घटनामा परि गम्भिर घाईते भएको स्थानियले बताएका छन् । सडकमा दुर्घटना न्यूनिकरणका लागि आवश्यक चिन्हहरु समेत राख्ने काम अघि बढाएका छन । चरङे जाने सडकमा दुर्घटनाको जोखिम बढ्दै गए पनि सम्बन्धित निकायबाट पर्याप्त ध्यान नपुगेपछि आफुहरु सडक सुधारमा लागेको चरङे युवा क्लबका अध्यक्ष विष्णु प्रसाद वाग्लेले बताए । सडकमा रहेका जोखिमयुक्त स्थानको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराएको र आगामी दिनमा थप सडक दुर्घटना न्युनिकरणका अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्