Spread the love

बुटवल, २५ भदौ ।
रुपन्देहीमा जारी एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा विजयी हुदै न्यू होराइजन इङलिस बोर्डिङ स्कुल, सुनगाभा सेकेण्डरी स्कुल, ग्यालेक्सी स्कुल र कान्ति माबि अन्तिम चारमा स्थान बनाएका छन ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बिहिबार भएको पहिलो क्वाटरफाइनलमा न्यू होराइजनले बुटवल पब्लिक स्कुललाई ६–१ गोलको फराकिलो अन्तर, दोस्रो क्वाटरफाइनलमा सुनगाभाले कुँवरवर्ती स्कुललाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा ग्यालेक्सीले नोबल एकेडेमीलाई २–१ तथा चौथो क्वाटरफाइनलमा कान्तिले नयाँगाउँ माविलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

प्रतियोगिताको सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनलमा सुनगाभा स्कुलले कान्ति मावि तथा दोस्रो खेलमा न्यू होराइजनले ग्यालेक्सी स्कुलको सामना गर्नेछ ।

हिमालयन डायलग प्रा.लि. को आयोजना तथा रुपन्देही जिल्ला फुटबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले लुम्बिनी प्रदेशको छात्रा फुटबल टोलीको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने अन्तिम चरणको निर्णायक प्रतियोगिता खेल्ने एकेडेमीमा निर्देशक बुद्धि गुरुङले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्