Spread the love

बुटवल, २४ भदौ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १८ लाख २३ हजार ९ सय ७ रुपैया सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीपिडितहरुलाई जिल्लामा रहेका संस्थाका सदस्यबाट प्रधानमन्त्री राहत कोषमा ७ लाख ५ हजार १ सय ८६ तथा केन्द्रिय समिति मार्फत ११ लाख १८ हजार ७ सय २१ गरि कुल १८ लाख २३ हजार ९ सय ७ रुपैया सहयोग गरेको हो ।

बुधबार एक समारोहका बिच जिल्ला शाखाका अध्यक्ष बाबुराम बन्जाडे, उपाध्यक्ष लक्ष्मण अर्याल, कोषाध्यक्ष कमल पौडेलले केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रिय सचिव बालाकृष्ण तिवारी, केन्द्रिय सदस्य बिल प्रसाद गुरुङलाई रकम हस्तान्तरण गरे ।

भोटेकाशीमा गएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै अध्यक्ष बन्जाडेले पिडितहरुलाई मलहम लगाउने गरि संस्थागत रुपमा रकमलाई एकिकृत गरि हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा हस्तान्तरण रकम बुझदै केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेलले देशमा पिडाको बेला रुपन्देही जिल्लाबाट उदाहरणीय रुपमा सहयोग जुटेको बताए । सो रकम छिटटै अर्थमन्त्रालयमा हस्तान्तरण गरिने बताए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्