बुटवल, २२ भदौ ।
रसुवामा विनाशकारी बाढी आएको १३ औं दिनमा उक्त बाढीका कारण ज्यान गुमाउनु हुने सम्पुर्ण प्रति श्रद्धाञ्जली एवम घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना साथै सम्पर्क विहिनको यथाशीघ्र उद्धारको कामना सहित लुम्बिनी निमार्ण ब्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले दीप प्रज्वलनसहित श्रद्धाजली सभा गरेका छन ।
संघको सचिवालय परिसरमा गरिएको कार्यक्रमको नेपाल निर्माण व्यवसायी महासंघका पूर्व उपाध्यक्ष टोपबहादुर रायमाझीले औपचारिक रुपमा दीप प्रज्वलन गरे । यो कठिन समयमा पिडित र पिडितका परिवारलाई सक्दो सहयोग गर्नै समेत उनले आग्रह गरे । विभिन्न क्षेत्रहरुमा भएको बाढीपहिरोमा परि अकालमा ज्यान गुमाएका मृतकको सम्झनामा एक मिनेट मौनधारणासहित श्रद्धान्जली सभा गरिएको अध्यक्ष रमेश बेल्बासेले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा जनप्रतिनिधि दामोदर घिमिरे, पूर्व अध्यक्ष सुन्दर गुप्ता तथा निवर्तमान अध्यक्ष दीपक शाही, कार्यसमिति तथा निर्माण व्यवसायीको उपस्थिती रहेको थियो ।





















