Spread the love

बुटवल । भोटेकोशी तथा रसुवा बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बुटवलमा श्रद्धाञ्जली सभा तथा एक लाख दीप प्रज्वलन गरिएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित संगमचोकका स्थानीय बासिन्दाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै लक्ष्यवर्ती दीप प्रज्वलन गरेका हुन् ।

खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय सुनौलो संगम युवा क्लबको आयोजना तथा स्थानीय टोल विकास संस्था र आमा समूहको सक्रियतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय समाजसेवी चिन्तामणि पाण्डेले कर्ताका रूपमा विधिपूर्वक लक्ष्यवर्ती पूजा गरी दिवंगत आत्माको शान्तिको कामना गरे । श्रद्धाञ्जली कार्यक्रममा पश्चिम सिद्धनगर टोल विकास संस्थाका सदस्य अम्बिका भट्टराई, सफल महिला समूहकी अध्यक्ष शान्ति घिमिरे, समाजसेवी केशव थापालगायत स्थानीयवासीको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले भोटेकोशी तथा रसुवा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै, विपद्का कारण प्रभावित परिवारलाई आवश्यक सहयोग तथा पुनःस्थापनामा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्