काठमाडौं,१० भदौ ।
भदौ १० गतेको विनाशकारी बाढीमा परी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई एकताबद्ध हुन पनि आग्रह गरेका हुन् ।
राष्ट्रपतिले बाढीमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारप्रति नेपालका तर्फबाट समवेदना प्रकट गरेका छन्। प्रभावित विदेशी नागरिकका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय र सहकार्य गरिने उनले बताएका छन्।



















