बुटवल, २२ भदौं ।
लायन्स क्लब अफ बुटवलले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले २ लाख ३२ हजार ८ सय २६ रुपैया आर्थिक सहयोग प्रदान गरेको क्लबका अध्यक्ष दिनेश कुमार प्रधानले बताए ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पु¥याएको घटना प्रति क्लबले दुःख व्यक्त गर्दै खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार तिब्र लाग्न समेत आग्रह गरेको छ ।
सो घटनामा नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको यो दुःखद अवस्थामा सबै क्षेत्रबाट मानविय सहायताका हातहरु अगाडी बढाउन अध्यक्ष प्रधानले आग्रह गरे ।



















