काठमाडौं,२२ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ । भदौ १० आएको बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा गत भदौमा १८ गते बसेको मन्त्रिपरिषद्को बैठकल आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ ।



















