बुटवल, १८ । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको तेस्रो अधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले विहिबार सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्षमा पुरुषोत्तम भट्टराईको एकल उम्मेदवारी परेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायण बहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्णप्रसाद शर्मा पोखरेल र उपाध्यक्ष (खुद्रा) मा माधव प्रसाद खनाल, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य र उप–कोषाध्यक्षमा एकादेव बस्यालको उम्मेदवारी परेको छ ।
यता सदस्य पदमा भने ७ जनाका लागि ११ जनाको उम्मेदबारी परेको छ । जसमा गुन्जन ढकाल, तुलसीराम शर्मा, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतीलाल खनाल, रमेश खनाल, राजकुमार श्रेष्ठ, लेखनाथ न्यौपाने (गणेश), विष्णु कुमारी अर्याल, सजना श्रेष्ठ र सभेच्छा गौतम उम्मेदवार रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले बताए ।
निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको नामावलीमाथि कुनै दाबी–विरोध भए २०८३ असोज १९ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन समिति कार्यालय (संघको सचिवालय) मा दाबी–विरोध पेश गर्न सकिनेछ । संघको अधिवेसनको मुख्य कार्यक्रम भने भदौ २० गते शनिबार बुटवलमा हुदैछ ।






















