Spread the love

काठमाडौं,१७ भदौ

रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सौर्य बत्तीलगायतका सामग्री छन् ।

यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा काम गरिरहेका संस्थामार्फत २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ। दूतावासले जीवनरक्षक सहायता नेपालका आवश्यकता अनुसार प्रभावित समुदायसम्म पु¥याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्