Spread the love

बुटवल,१७ भदौ ।

भोटेकोशी नदीमा आएको बाढी बाट प्रभावितका लागि इन्ट्र्याक्ट क्लब अफ स्कलर्सहोमले आज कपडा सहयोग गरेको छ । संकलित कपडाहरू विपद् प्रभावित क्षेत्रमा पु¥याउन  राहत टोलीलाई कपडा हस्तान्तरण गरेको हो ।मानवीय अभियान अन्तर्गत विद्यार्थीहरूले आफ्ना घरमा प्रयोगमा नआएका, साइज नमिलेका तथा सफा र नयाँ कपडाहरू संकलन गरी व्यवस्थित रूपमा सफा गरेर दुई बोरा कपडा संकलन गरी हस्तान्तरण गरेको स्कलर्सहोमले जनाएको छ।

सहयोगको भावना, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै यस अभियानमा इन्ट्र्याक्ट क्लब अफ स्कलर्स होममा आबद्ध सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।

कपडा हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष धर्मदत्त ज्ञवाली, आई पि पि अध्यक्ष तथा स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे, इन्ट्र्याक्ट क्लब अफ स्कलर्स होमका अध्यक्ष मधुसुदन पौडेल लगायत क्लबका पदाधिकारी, सदस्य तथा परिवारजनहरूको उपस्थिति रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्