Spread the love

बुटवल, १६ भदौ ।

नेपाल प्रेस युनियन रुपन्देहीको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट कल्पना तिवारी अध्यक्षमा निर्वाचित भएकी छन् । अधिवेशनबाट उपाध्यक्ष (खुला) मा रमेश अर्याल, उपाध्यक्ष (महिला) मा सीता गौतम बराल र उपाध्यक्ष (समावेशी) मा तिलक सुवेदीलाई निर्वाचित भएका छन ।

त्यस्तै सचिवमा रामप्रसाद भण्डारी, सहसचिव (खुला) मा बसन्तराज बराल, सहसचिव (महिला) मा श्रृष्टी अधिकारी र कोषाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ, ज्ञानकुमारी विक र नविन राना चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तिवारीले पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाईन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्