Spread the love

बुटवल, १६ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बुटवलस्थित स्कलर्स होम माध्यमिक विद्यालय परिवारले रु. २ लाखभन्दा बढी सहयोग गरेको छ ।

“मानवतालाई पनि मूल मन्त्र” मान्दै आएको विद्यालयले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी, शिक्षक–कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागितामा रु. २ लाख १ हजार १ सय ११ संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा प्रदान गरेको हो ।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेका अनुसार संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ । विपद्को कठिन घडीमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले स्वस्फूर्त रूपमा रकम संकलन गरेको उनले बताए ।

विद्यालयले मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरेको छ । विपद्को यस दुःखद घडीमा गरिएको सानो सहयोगले पीडितको जीवनमा आशा र राहत थप्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्