Spread the love

काठमाडौ,१० भदौ ।

रसुवाको बाढीमा उद्धार, राहत र खोजीकार्यका लागि निजी कम्पनीका हेलिकप्टर तयारी अबस्थामा राख्न प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएका छन् । उनले फेसबुक मार्फत रसुवाको बाढीमा राहत र उद्धारका लागि निजी कम्पनीहरलाई हेलिकप्टर स्ट्याण्ड बाइ राख्न निर्देशन दिएका हुन् ।

उनले राहत उद्धारका लागि नेपाली सेना, एपिएफ र नेपाल प्रहरी र अरू जिल्लाबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतफ परिचालन गरिएको बताएका छन्। उनले अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन दिइएको बताएका छन्।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्