Spread the love

बुटवल, २८ पुस।
दीप बोर्डिङ स्कुलमा ३ दिने खेल सप्ताह २०८२ शुरु भएको छ । सोमबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै खेलकुद हबका रुपमा बुटवलको पहिचान बनेको बताईन। खेल विकासमा पालिकाबाट ठुलो बजेट विनियोजन गरेर पूर्वाधार र खेल गतिविधि गर्दै आएको उनले बताईन।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजु, प्राचार्य टिकाराम न्यौपानेले विधार्थीहरुको चौतर्फी विकास हुने गरि शैक्षिकसंगै खेलकुद गतिविधिहरुलाई जोड्दै गएको बताए ।

खेलकुद सप्ताह अन्तरगत एथ्लेटिक्स, कबड्डी, ब्याडमिण्टन, भलिबल, क्रिकेट लगायत गरि ४५० बढि पदकहरुका लागि प्रतिसप्रर्धा हुने खेल संयोजक सुरेन्द्र कुमार शाक्यले बताए। विधालयमा हाल २६ सय विधार्थी अध्ययरत तथा २०० शिक्षक, कर्मचारीहरु रहेका छन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्