बुटवल, ८ भदौ ।
औषधी ब्यवसायीहरुको हकहितमा अग्रसर नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको ७ औ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन भदौ २० गते हुने भएको छ ।
अधिवेसनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन भई तिब्र रुपमा काम भैरहेको संघका अध्यक्ष खड्ग बस्नेतले बताए । तीन वर्षे कार्यकालका लागि अधिवेसनबाट नया नेतृत्व समेत चयन हुने उनले बताए ।
अधिवेसनको अवसरमा संघको पहिचान र दस्तावेजीकरणका रुपमा रहेको स्मारिका प्रकाशनसंगै अग्रज औषधी ब्यवसायी र उत्कृष्ट औषधी ब्यवसायी सम्मान लगायतको कार्यक्रम हुने महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले बताए । संघमा हाल रुपन्देहीका विभिन्न पालिकाहरुका करीब १ हजार सदस्यहरु रहेका छन ।



















