Spread the love

बुटवल, ८ भदौ ।
बुटवलका मुस्लिम समुदायले धर्मगुरु हजरत मोहम्मदको जन्मदिन पारेर सोमबार नन्दिनी गौशालामा गौआहार हस्तान्तरण गरिएको छ । धर्मगुरु हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लहको १५०१ औ जन्मोत्सव मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले धार्मिक सहिष्णुता झल्किने गरि सामाजिक कार्य अन्तरगत पहिलो दिन मानव सेवा आश्रममा आश्रितलाई भोजन खुवाउनुका साथै बेलुका गौशालामा गौआहार हस्तान्तरण कार्यक्रम गरेको हो ।

गौआहार हस्तान्तरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशभरमा नै जातिय र धार्मिक सहिष्णुता नमुना भएको शहर भएको दाबी गरे । देशभरि नै सन्देश दिने गरि मुश्लिम समुदायबाट काम हुदै आएको उनले बताए ।

कार्यक्रममा मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका संरक्षक हाजी जमाल मियाले मस्जिदमा धार्मिक कार्यक्रमसंगै विगत २५ वर्षदेखिनै समुदायमा सामाजिक कार्यहरु गर्दै आएको बताए । बजारमा क्षेत्रमा दुर्घटनाको कारण बनेको छाडा चौपाया ब्यवस्थापनको काम पालिकाबाट शुरु भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उनले बताए ।

कार्यक्रममा परिषदका अध्यक्ष हाजी सकुर मियाले बुटवलमा सबै धर्म र जातीका बिचमा भाईचाराको सम्बन्ध रहेको भन्दै हरेक विषयमा एक भएर उभिदै आएको बताए । यहा हुने हरेक जसो विकास र सामाजिक अभियानमा आफुहरुले साथ दिदै आएको उनले बताए ।

कार्यक्रमका संयोजक एन्जिल खानले सामाजिक उत्तरदायित्व सहित २ दिने कार्यक्रम गरि जन्मदिन भब्य रुपमा मनाउने लागेको बताए । पहिलो दिन आश्रममा खाना खुवाउनुका साथै नन्दिनी गौशालामा १० बोरा गौआहार वितरण गरिएको बताए । मंगलबार बिहान मस्जिदमा वृहत रक्तदान र धर्मगुरुको स्मरणमा पाठ समेत गरिने कार्यक्रम रहेको उनले बताए ।

भिडियो रिर्पोट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्